फियनद्वारा एआई नीति र युनियनको भूमिकाबारे सेमिनार सम्पन्न, वक्ताहरुको जोड नीतिगत तयारीतर्फ

नेपालको वित्तीय क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगसँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले ल्याउने चुनौती र अवसरहरूबारे नीतिगत बहस सुरु भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले युएनआई ग्लोबल युनियनको सहकार्यमा शनिबार राजधानीमा एक विशेष सेमिनार आयोजना गर्दै बैंकिङ क्षेत्रमा एआई–प्रेरित डिजिटल रूपान्तरण र त्यसमा ट्रेड युनियनको भूमिकाबारे व्यापक छलफल गरेको हो । ‘दिगो डिजिटल वित्त क्षेत्र […]