पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार घना कुहिरोका कारण दृश्यता अत्यन्त कम हुँदा एक मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल […]