अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल तेल हस्तान्तरण गर्ने बताएका छन्। राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरिएको सैन्य कारबाहीपछि ट्रम्पको यस्तो दाबी आएको हो। सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले उक्त तेल बजार मूल्यमा बिक्री गरिने र त्यसबाट प्राप्त हुने रकम राष्ट्रपति हुनुको हैसियतले आफ्नै नियन्त्रणमा रहने बताएका छन्। उनका अनुसार उक्त […]