५४० मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको उत्पादन सुरु गर्ने म्याद थप

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) थप गरेको छ। विद्युत् खरिद सम्झौता (पीपीए) गरिसके पनि निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी म्याद थपिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रवर्द्धकहरूसँग छलफल गरी निर्माण अघि बढाइरहेका आयोजनालाई […]