गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ ।  अन्नपूूर्ण गाउँपालिका-३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि […]