सरकारी अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा 'डोजर चलाउने' स्वास्थ्य मन्त्रालयको तयारी

अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्न भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी संरचना हटाएर अस्पतालको भोगाधिकार कायम गर्नुपर्ने उल्लेख गरिएको छ।