अबको लक्ष्य पार्टी अध्यक्ष बन्ने हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो लक्ष्य पार्टीको अध्यक्ष बन्ने भएको बताउनुभएको छ । बिहीबार ईमेज च्यानलबाट प्रसारित कार्यक्रम ‘हट सिट’मा पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले आफूले राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको बताउनुभयो । अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय आवश्यकताका भएकाले राजनीतिमा सक्रिय हुन खोजेको बताउनुभयो ।