काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टीका नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुगेका छन् । भृकुटीमण्डपमा कांग्रेसकै अर्को पक्षले विशेष महाधिवेशन गरिरहँदा उनीहरू भने पार्टी कार्यालय सानेपामा जम्मा भएका हुन् । विशेष महाधिवेशन माग गर्दै आइतबारबाट काठमाडौंमा उद्घाटन सत्र हुँदै बन्दसत्रको कार्यक्रम चलिरहेको छ ।