चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानअनुसार देशको कुल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको हो। गत आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो। यसले समग्र अर्थतन्त्र विस्तारतर्फ क्रमिक सुधार देखिएको संकेत गरेको छ। […]