नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूकी ‘साम्बा’। यहाँहरू सबैलाई थाहा नै छ– म पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु। सोचेजस्तो हुन्थ्यो भने अहिले चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो। तर, अझै पनि म उपचारका लागि भौँतारिएकी छु। मेरा घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेको […]