काठमाडौँ, १ असोज । मलेसियालगायतका मुलुकबाट लुकीछिपी सवा एक अर्ब रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–४ बस्ने २४ वर्षीय अजयकुमार मुखिया रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई भदौ ३० गते साँझ सहिदनगरबाटै नियन्त्रणमा लिएको हो […]