भोटेकोशी बाढीपछि पुरानै ठाउँमा बस्ती नबसाइने, प्रधानमन्त्री शाहले भने, ‘पुनःस्थापनामा स्रोतको कमी हुँदैन’

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतसाधनको कमी हुन नदिने बताएका छन्। सरकारले आफूसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन पुनःस्थापनामा परिचालन गर्ने तयारी गरिरहेको उनले बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा शाहले नदी तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। प्रभावित क्षेत्रनजिकै सुरक्षित स्थानमा […]