भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनः सुरु भएको छ ।  गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले यहाँ राणाकालदेखि नित्य आध्यात्मिक प्रवचन गर्दै आएको थियो ।  नित्य प्रवचन हुँदै आएको हनुमानढोका दरबार क्षेत्रको उत्तर दलान पुनःनिर्माण सम्पन्न भएपछि यही […]