विपद् प्रभावित नागरिकको उपचार तथा राहतका लागि नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले करिब ५० लाख रुपैयाँ बराबरका औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। समितिले प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्री नेपाल चेम्बर अफ कमर्सलाई हस्तान्तरण गरेको हो। राहत सामग्रीमा ज्वरो, रुघाखोकी, झाडापखाला तथा अन्य रोगका लागि आवश्यक औषधि समावेश […]