माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि सुरुङमा हराइरहेकाहरूको खोजी जारी रह्यो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, खोजीका क्रममा ६ जनाको शव फेला परेको छ। सल्लेटार क्षेत्रमा भेटिएका शवलाई नेपाली सेनाले बट्टार ल्याएको छ। शव चिन्न नसक्ने अवस्थामा रहेका छन्। शवको पहिचान खुल्न बाँकी छ। शुक्रबार दिनभर हेडवर्क्स र […]