बुढानीलकण्ठमा प्रदेशस्तरीय न्यायिक सम्मेलन : ‘न्याय आदेश मात्र होइन, नागरिकको विश्वास पनि हो’

काठमाडौं । स्थानीय तहबाट हुने न्याय सम्पादनलाई प्रभावकारी, निष्पक्ष र नागरिकमैत्री बनाउने तथा न्यायिक समिति र अदालतबीचको समन्वय सुदृढ गर्ने उद्देश्यसहित बुढानीलकण्ठ नगरपालिकामा बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलन सुरु भएको छ। बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा आइतबार सुरु भएको दुईदिने सम्मेलनमा बागमती प्रदेशका विभिन्न स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा न्याय, कानुन र प्रशासन क्षेत्रका सरोकारवालाको सहभागिता छ। […]