गृहमन्त्री ओमप्रकाश अर्यालले कसुरजन्य सम्पतिको एकीकृत विवरणका लागि प्रणाली विकास गर्न निर्देशन दिएका छन्। आइतबार मन्त्री अर्यालले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमनपछि विभिन्न निकायबाट प्राप्त हुन आउने कसुरजन्य सम्पत्तिलाई प्रविधिको प्रयोग गरी प्रभावकारी व्यवस्थापनका लागि निर्देशन दिएका हुन्।मन्त्रालयका अनुसार अनुसन्धानकारी निकायहरूबाट प्राप्त रोक्का तथा नियन्त्रण सम्बन्धी र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा उक्त प्रणाली विकास...