दसैंमा अमेरिकामा समीक्षा अधिकारी, भन्छिन्- परिवारबाट टाढा हुँदा चाड नै खल्लो लाग्दो रहेछ!
समीक्षा आफ्ना लागि बाल्यकालका हरेकजसो दसैं अविस्मरणीय रहेको बताउँछिन्। दसैं आउनुभन्दा एक महिनाअघिदेखि नै उनलाई उत्साहले छोप्थ्यो। विद्यालय बिदा हुने, नयाँ लुगा लगाउन पाइने र साथीहरूसँग रमाइलो गर्न पाइने कुराले उनी औधी खुसी हुन्थिन्।