बाँके । जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले खसी बोका बिक्री गरेर दसैँ खर्चको व्यवस्था गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसी–बोका बिक्री गरेको संस्थाकी अध्यक्ष गङ्गा शाहले जानकारी दिएकी छन् । “महिला दिदीबहिनीले हुर्काएका खसी–बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री […]