भोटेकोशी–त्रिशूली नदीको बाढीबाट क्षतिग्रस्त १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा ल्याइएको छ। सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार ती पुल मर्मतमा करिब पाँच करोड ५० लाख रुपैयाँ खर्च भएको छ। कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले त्रिशूली करिडोरका क्षतिग्रस्त सबै पुलको मर्मत सम्पन्न भएको जानकारी दिए। उनका अनुसार ११ वटा पुलमा बृहत् र सातवटामा सामान्य मर्मत […]