काँग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मतगणना कार्य जारी छ। निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँगको बैठक सम्पन्न भएपश्चात् मतगणना प्रक्रिया अघि बढाइएको हो।