लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौँ । रातभरको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। सडक विभागका अनुसार मङ्गलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ नार्के र पिनथलीको बीचमा लेदो खसेपछि सडक अवरुद्ध भएको थियो। लेदो पन्छाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् भने यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।