काठमाडौंको त्रिपुरेश्वरमा सोमबार सार्वजनिक बसभित्र आगलागी हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। घटनालगत्तै चालकसँग भेटिएको सवारीचालक अनुमतिपत्रका आधारमा प्रहरीले उनको नाम ‘दावा लामा’ सार्वजनिक गरेको थियो। तर उक्त अनुमतिपत्रमा रहेको सम्पर्क नम्बरमा फोन गर्दा सम्बन्धित व्यक्तिले आफू सकुशल […]