वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन

काठमाडौं। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन भएको छ। ९१ वर्षको उमेरमा उनको बिहीबार बिहान निधन भएको हो। विसं १९९२ मा धनुषाको एकराहीमा जन्मिएका डा. भट्टाचार्य नेपाली चिकित्सा क्षेत्रका अग्रज चिकित्सकका रूपमा परिचित थिए।उनले प्रारम्भिक शिक्षा घरमै लिएपछि थप अध्ययनका लागि भारतको दरभंगा पुगेका थिए। भारतको नर्थब्रुक स्कुलबाट म्याट्रिकुलेसन […]