काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरुद्ध सडक सञ्चालनलाई प्राथमिकतामा राखी फौज परिचालित गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, चितवन, धनुषा र तनहुँका बाढी प्रभावित क्षेत्रमा रातिदेखि नै फौज परिचालित भएका छन् । पर्वतको जलजला गाउँपालिका-८ […]