बाढीपहिरोले तिलगाउँवासी विस्थापित, अन्नबाली सखाप भएपछि राहतको पर्खाइमा

सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पुर्‍याएको छ । यही जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पुर्‍याएको हो । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका दुई हिमताल भासिएका छन् । हिमताल भासिएपछि गाउँमा बाढीपहिरो आएको उनले बताए । “हिमताल फुटेका होइनन्, जमिन […]