बाँके, भदौ २९ । भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसानछन् । हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउँथ्यो । मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने सङ्गीतका भाकाहरूले गाउँलाई सधैँ गुञ्जायमान बनाउँथे तर यो वर्ष थपुवाको आकाश अर्कै शोकले ढाकेको छ । मादलका तालहरू सुनसान […]