काँग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक

काठमाडौँ । नेपाली काँग्रेसका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौँको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली काँग्रेसले जनाएको छ ।