नुवाकोटमा विपद्पीडित परिवारका लागि मनोसामाजिक सहयोग कार्यक्रम सुरु

कार्यक्रमका लागि १२ सदस्यीय स्वयंसेवक टोली परिचालन गरिनेछ। टोलीलाई पुरुष र महिला गरी दुई समूहमा विभाजन गरिनेछ। टोलीको समग्र नेतृत्व एचएएमआईका अध्यक्ष गिरिराज अधिकारीले गर्नेछन्। टोलीले स्थानीय सरकार, वडा कार्यालय, नगरपालिका तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्नेछ।