काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीसँगै आएको लेदो र पहिरोले टिमुरे बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडक किनारमा रहेका सवारीसाधन बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। बाढीबाट जोगिएर माथिल्लो सुरक्षित स्थानमा पुगेका प्रत्यक्षदर्शी कपिल पाख्रिनका अनुसार चीनतर्फबाट अचानक हुरी, बादल, धुलो, […]