मकवानपुरको ज्यामिरे बस्तीमा जमिन पर्यो चिराचिरा, १६ परिवारलाई सारियो

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेको छ । प्रहरीका अनुसार भिरालो सतहमा रहेको बस्तीमा जमिन चिराचिरा परेपछि एक दर्जनभन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । भिरालो सतहका बस्तीमा जमिन चिराचिरा परेपछि १६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको मकवानपुर प्रहरीले जनाएको छ ।