चुनावी अभियानका ठगी गरेको आरोपमा अमेरिकी पुर्व सांसदलाई ७ वर्षको जेल सजाय

अमेरिकाका पूर्व सांसद जर्ज सान्तोसलाई सात वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ । उनीमाथि २०२२ को मध्यावधि चुनावी अभियानका क्रममा ठगी र पहिचान चोरीका आरोप लगाइएको थियो । सान्तोसले गत वर्ष अगस्टमा संघीय वायर फ्रड र गम्भीर पहिचान चोरीको आरोप स्वीकारेका थिए। सजाय सुनाउने क्रममा उनले अदालतमा आँसु झार्दै आफ्नो गल्ती स्वीकार्दै माफी मागेका थिए […]