मनिला । उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ-२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ । वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो । वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३:५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना […]