मोफसलका दर्शकमाझ पुग्यो ‘वरिष्ठ बलराम’को टिम

काठमाडौं। चलचित्र ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ। दर्शक भेट्न भन्दै कलाकारसहितको टिम मोफसल पुगेको हो। काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि ‘वरिष्ठ बलराम’का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो। ‘वरिष्ठ बलराम’को टिम शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न हलमा पुगेको छ। हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ। “दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहनुभएको […]