फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । तीन दिनदेखि जारी केन्द्रीय कमिटीको दशौँ बैठकलाई शुक्रबार समापनका क्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् । ओलीले उक्त घोषणा गरेपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे । त्यसक्रममा केहीबेर बैठक […]