हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन जना नयाँ सञ्चालक चयन भएका छन्। कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापालाई नयाँ सञ्चालकका रूपमा नियुक्त गरेको हो। बैठकले उदय कुमार निरौलालाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी समेत दिएको कम्पनीले जनाएको छ। आगामी वार्षिक साधारणसभा नहुन्जेलसम्मका लागि उनीहरूको नियुक्ति कायम रहनेछ। […]