काठमडाैं । दाङको देखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयले मंगलबार राति ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको जनाएकाे हो । प्रहरीले ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको बताएकाे छ ।