नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उपसभापति खुलातर्फ भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त […]