काठमाडौं। बजाजले पल्सर ब्रान्डको २५ वर्ष पूरा भएको अवसरमा विश्वव्यापी #MyPulsarStory अभियान सुरु गरेको छ। अभियानमार्फत नेपालसहित विश्वभरका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गरिरहेका ग्राहकलाई आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको छ। पल्सर नेपालका अनुसार नेपाली राइडरहरूले पनि यस अभियानमार्फत आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने […]