बारा – बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लामा कुल चार लाख ६५ हजार ७८४ मतदाता रहेकामा करिब ६५ देखि ६६ प्रतिशतसम्म मतदान भएको मुख्य निर्वाचन अधिकृत तथा प्रवक्ता राजकुमार दाहालले जानकारी दिए । उनका अनुसार विभिन्न मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याउने क्रम जारी रहेको छ […]