राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ आरोपितलाई धरौटीमा रिहा गर्न आदेश

विशेष अदालतले राहदानी (पासपोर्ट) खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका ५ जना आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आरोपितहरूसँग ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, विभागका निर्देशक सुनिलकुमार […]