‘कुराले चिउरा भिज्दैन, यथार्थको धरातलमा टेकेर कम्युनिस्ट एकता गरौं’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीहरुबीचको एकता भावनात्मक कुराले मात्र सम्भव नहुने भन्दै यथार्थको धरातलमा टेकेर अघि बढ्न आग्रह गरेका छन्।