ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी

काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधिमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ। ग्याँस उपलब्ध हुँदाहुँदै पनि ‘ग्याँस छैन’ भन्दै उपभोक्तालाई नदिने, बढी मूल्य लिने तथा इन्धन डिपोमा मौज्दात हुँदाहुँदै सवारी साधनलाई तेल नदिने गुनासो बढेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो। महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश […]