काठमाडौं- अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने भएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले फारसको खाडी क्षेत्रमा इरानी आक्रमणको प्रतिकार गर्न लामो दूरीका जासुसी जहाज र आकासबाट आकासमा प्रहार गर्ने क्षेप्यास्त्रहरू पठाउने घोषणा गरेका हुन् । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मध्यपूर्वमा द्वन्द्व सुरु भएको एक हप्ता मात्र भएपनि इरानको जवाफी आक्रमणको दायरा बढ्दै गएको […]