प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फ दुवै क्षेत्रमा विजयी भएको रास्वपा समानुपातिक मततर्फ पनि पहिलो स्थानमा रहेको छ। जिल्लामा सोमबार साँझ सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार रास्वपाले कुल ८८ हजार १६२ मत प्राप्त गरेको छ। जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त मत परिणामले […]