चिलिमे सुरुङबाट लेदो हटाउने काम तीव्र

चिलिमे सुरुङभित्र थुप्रिएको लेदो हटाउने तथा बाहिर फाल्ने कार्य तीव्र गतिमा भइरहेको छ। पहिलोपटक ३ घनमिटर क्षमताको ह्विल लोडर प्रयोग गरी सुरुङभित्रको लेदो हटाउने र बाहिर फाल्ने काम भइरहेको हो। ह्विल लोडरमार्फत लेदो हटाउने कार्य सुरु भएपछि सुरुङ सफाइको कामलाई तीव्रता दिइएको छ। सुरुङभित्र थुप्रिएको लेदो हटाउँदै बाहिर फाल्ने कार्य निरन्तर जारी रहेको बताइएको छ।