के हाम्रा प्राथमिक अस्पताल आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम छन्?

स्थानीय सरकारसँग सीमित स्रोत र बजेट हुन्छ। उनीहरूले एक्लै अस्पताललाई पूर्ण रूपमा सक्षम बनाउन सक्दैनन्। त्यसैगरी, प्रदेश सरकारले पनि आफ्नो बजेटबाट प्रदेशभरिका सबै अस्पताललाई आवश्यक पूर्वाधार, उपकरण, जनशक्ति र सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन।