देशभर २१ विपद्का घटना, आठ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज १५ गते बिहानदेखि १६ गतेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमणका घटना भएका हुन् । […]