पोखराको अन्तर्राष्ट्रिय उडानमा नयाँ अध्याय, फ्लाइ दुबईमा यात्रुको चाप उत्साहजनक

गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडानमा सुरुआती दिनमै यात्रुको उत्साहजनक उपस्थिति देखिएको छ। शनिबार साँझ फ्लाइ दुबईको जहाज १५६ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार शनिबार साँझ ६ः०५ बजे पोखरा अवतरण गरेको जहाज पोखराबाट ८३ यात्रु लिएर दुबई फर्किएको हो। यसअघि बिहीबार दुबईबाट १२२ यात्रु […]