पश्चिमा मुलुकहरूमा ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या बढ्दै जाँदा र कार्यरत युवा श्रमशक्ति घट्दै जाँदा सार्वजनिक वित्तमा ठूलो भार पर्ने चेतावनी अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मुडिजले दिएको छ। यस जनसाङ्ख्यिकीय परिवर्तनको सबैभन्दा बढी असर युरोपमा देखिएको छ। युरोपेली आयोगका अनुसार युरोपेली सङ्घको जनसङ्ख्या सन् २०२९ सम्ममा उच्च विन्दुमा पुग्नेछ, जसलगत्तै दीर्घकालीन घट्दो क्रम सुरु हुनेछ। अमेरिकी जनगणना […]